काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने भएको छ । सोमबार (वैशाख २१) बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश परिमार्जनबिना यसअघिको जस्ताको तस्तै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
२१ बैशाख २०८३, सोमबार
28
Shares





