२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश



काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा दलीय विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय रोक्न तत्कालका लागि अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिँदै छलफलमा डाकेको हो ।

विश्वविद्यालयमा विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारको निर्णय रोक्न माग राखेर अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष दिपक धामीसहित आठ विद्यार्थी संगठनहरूले वैशाख २५ गते संयुक्त रिट दायर गरेका थिए । सर्वोच्चले उक्त प्रकरणमा सरकारलाई छलफलमा डाकेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ४ : ०७ बजे