काठमाडौं । स्थानीय बजारमा आइतबार (जेठ ३) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा चार हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार रुपैयाँ कायम छ । शुक्रबार ९जेठ १० छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३३० रुपैयाँले घटेको छ ।





