५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

जंगली च्याउ खाँदा तीन बालबालिकाको मृत्यु



भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–१, कुलबाङमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन बालबालिकाको मृत्यु भएको छ । नौ वर्षीया नमुना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनीता चेपाङको मृत्यु भएको हो । उनीहरू एउटै परिवारका सदस्य हुन् ।

राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार, यही जेठ १ गते घरमा नै नमुनाको मृत्यु भएको थियो । उपचारका क्रममा शनिबार ९जेठ २० राति सञ्जयको मृत्यु भएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार ९जेठ ५० बिहान ६ बजे मृत्यु भएको उनले जानकारी दिए ।

गएको वैशाख २९ गते श्यामबहादुर चेपाङ परिवारका पाँचजनाले जंगलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए । त्यसपछि उनीहरू बिरामी परेका थिए । गम्भीर अवस्थामा रहेका तीन बालबालिकालाई उपचारका निम्ति भरतपुर अस्पतालमा ल्याइएको थियो ।

नमुना कक्षा–२, सञ्जय ३ र मनीता ५ कक्षामा अध्ययनरत थिए । उनीहरूका बुवाआमा भने सकुशल छन् । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ११ : ५४ बजे