७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

सुनको मूल्य तोलामा १८ सयले बढ्यो



काठमाडौं । नेपाली बजारमा बिहीबार (जेठ ७)सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९३ हजार ८०० रुपैयाँ कायम छ । बुधबार ९जेठ ६० छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले बढेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  १२ : २० बजे