१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा बजेट अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ । सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ (भोलि) सदनमा प्रस्तुत गर्दै छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ११ : १७ बजे