काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका निम्ति प्रस्थान गरेका छन् । सोमबार (जेठ १८) उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा त्यसतर्फ गएका हुन् ।
लामिछाने यही जेठ २२ गते स्वदेश फर्कनेछन् । उनले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय छ । लामिछानेले भारतमा रहेका नेपालीसँग पनि साक्षात्कार गर्नेछन् ।





