१९ जेष्ठ २०८३, मंगलबार | Wed Jun 3 2026

सामाजिक उत्तरदायित्व अन्तरर्गत कृषि विकास बैंकद्धारा डिजिटल स्मार्टबोर्ड हस्तान्तरण



काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले काठमाण्डौ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटी स्थित खगेन्द्र नवजीवन विशेष शिक्षा विद्यालयलाई शैक्षिक सामाग्री डिजिटल स्मार्टबोर्ड हस्तान्तरण गरेको छ । सोमबार विद्यालय परिसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त विद्यालयलाई डिजिटल स्मार्टबोर्ड हस्तान्तरण गरेको हो ।
विद्यालय व्यवस्थपान समितिका अध्यक्ष नवराज लामाले अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयको शैक्षिक गुस्णस्तर सुधारका लागि सहयोग प्रदान गरिएको प्रमुख अतिथि तथा बैंकका उपमहाप्रबन्धक सुशिल हुमागाईले बताउनु भयो । सो कार्यक्रमा वोल्दै विद्यालयका प्रधानाध्यपक राघव प्रसाद दवाडीले बैंकको सो सहयोगले शारीरिक अपाङ्गता, अशक्तता भएका व्यक्तिका लागि उपचारात्मक सेवा, समयानुकूल शिक्षा, तालिम एवं व्यावसायिक सीपको विकास गर्ने उद्देश्यले वि.सं.२०२६ सालमा स्थापित उक्त विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गरेकोमा बैंकलाई कृतज्ञता सहित हार्दिक आभार प्रकट गर्नु भयो । कार्यक्रमा बैंकको तर्फबाट विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुख श्री धु्रव पौडेल, अभिभावक सँघका अध्यक्ष जनक वहादुर अधिकारी लगायत विद्यालयका शिक्षक तथा विद्याथीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ४ : ३७ बजे