काठमाडौं । राष्ट्रियसभाको बैठक आज मध्याह्न सवा १२ बजे बस्नेछ । बैठकमा राष्ट्रिसभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ ।
बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका प्रस्ताव प्रस्तुत गर्ने छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री डा। वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०को सीमासम्बन्धी अभिव्यक्तिका विषयमा राष्ट्रियसभा बैठक अवरुद्ध हुँदै आएको छ ।





