३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

कृषि विकास बैंकद्वारा ३२ विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति प्रदान



काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौँको टोखा नगरपालिका–७, धापासी स्थित तिलिङ्गटार मा.वि.मा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक छात्रवृति उपलव्ध गराएको छ ।
बुधबार आर्दश समाज तिलिङ्गटारको आयोजनामा सो विद्यालयमा कक्षा ६ देखि बि.बि.एस. सम्म अध्ययनरत विभिन्न ३२ जना गरिब, विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई छनौट गरी सो शैक्षिक सामाग्री उपलव्ध गराइएको थियो ।
सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा वृद्धि भई उत्कृष्ट नतिजा हासिल गर्न बैकले बिश्वास लिएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, विशिष्ट अतिथिको रुपमा कृषि विकास बैंकका उपमहाप्रबन्धकद्धय यज्ञ प्रकाश न्यौपाने र सुशिल हुुमागाई, विभागीय प्रमुख बीना शर्मा र वरिष्ठ शाखा प्रमुख श्री ध्रुव पौडेल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ७ का वडा अध्यक्ष नरोत्तम राना, टोखा नगरपालिकाका कार्यकारी प्रमुख कमल भट्टराई, शिक्षा शाखा प्रमुख, समाजका संस्थापक अध्यक्ष प्रा.डा. गोविन्द नेपाल, वरिष्ठ सल्लाहकार महेश्वर पौडेल, उपाध्यक्ष विद्या घिमिरे, सचिव भानु पाठक, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्याथीहर्रु लगायत आदर्श समाजका विभिन्न सदस्यहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ८ : ४७ बजे