ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक कार्य तीव्र पारेको छ । महामन्त्री प्रदीप पौडेलका अनुसार आइतबारसम्ममा झन्डै पाँच लाखले क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन् । उनले २०८२ पुस १० गतेभित्र केन्द्रीय डिजिटल प्रणालीमा प्रविष्ट भएकामध्ये पाँच लाखभन्दा बढीले विवरण अद्यावधिक गरेको र जेठ २८ गतेसम्म अद्यावधिक कार्य जारी रहने बताए । उनले १५ औँ महाधिवेशनलाई लक्षित गरी भइरहेको अद्यावधिक कार्यमा पुराना सदस्यको नवीकरण र नयाँ सदस्यको प्रविष्ट दुवै समावेश गरिएको बताए ।
२५ जेष्ठ २०८३, सोमबार
84
Shares





