काठमाडौं । नेपाली बजारमा सोमबार (असार १५) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८२ हजार ४०० रुपैयाँमा झरेको छ । आइतबार ९असार १४० छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ ।





