२८ असार २०८३, आइतबार | Mon Jul 13 2026

कृषि विकास बैंकद्वारा अपाङ्ग सरोकार केन्द्रलाई सहयोग वितरण



काठमाडौँ । कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वकार्यक्रम अन्तर्गत आज आइतबार अपाङ्ग सरोकार केन्द्र बालाजुलाई मानवीय सहयोग तथा राहतका लागि खाद्यान्न सामाग्री तथा लत्ताकपडाहरु वितरण गरेको छ । अपाङ्ग सरोकार केन्द्र बालाजुका अध्यक्ष श्री मोहनलाल कामीज्यूको अध्यक्षता संचालन भएको एक कार्यक्रममा प्रमुख अतिथि उपमहाप्रबन्धक सुशील हुमागाईले सो सहयोग अपाङ्ग सरोकार केन्द्रलाई हस्तान्तरण गर्नु भएको थियोे । सो कार्यक्रममा अतिथिको रुपमा बैंकको मार्केटिङ एण्ड सेल्स विभागका विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, समाजसेवी हरि दुलाल सहित अपाङ्ग सरोकार केन्द्रमा आश्रय लिनु भएका ५४ जना बहु अपाङ्ग, असाहय पीडित, घरबारविहीन र अपहेलित व्यक्तिहरुको उपस्थिती रहेको थियोे ।
कृषि विकास बैकले नेपाल राष्ट्र बैकको निर्देशनको अधिनमा रही संस्थगत समाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्दै शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय सहयोग तथा राहत, दिगो विकास लक्ष्य तथा विपद व्यवस्थापन एवम् सार्वजनिक सेवा प्रवाह सुचारु गर्ने जस्ता कार्यहरुमा विभिन्न शाखाहरु मार्फत नेपाल भरका विभिन्न सेवामूलक संस्थाहरुलाई यस्तो सहयोग प्रदान गर्दै आईरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ७ : ३७ बजे