३२ असार २०८३, बिहिबार | Fri Jul 17 2026

महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै



काठमाडौं । संघीय संसद्अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफल हुनेछ । बैठक महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, संघीय संसद् सचिवालय, सिंहदरबारमा दिउँसो १ बजे बस्नेछ । यता संघीय संसदको बैठक भने १५ दिन पछि बस्ने भनिएको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ९ : ५४ बजे