३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तहरुको पदको सुनुवाई प्रक्रिया अघि बढ्ने



काठमाडौँ। सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक मङ्गलबार बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरुले पेस गर्नुभएको कार्ययोजना वितरण गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की नियुक्त गर्न सिफारिस गरेको थियो । सोही बैठकले निर्वाचन आयुक्त पदमा डा। राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
संसदीय समितिबाट प्रस्तावित ती पदहरुको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान रहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ९ : २९ बजे