१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

कप्तानगञ्ज घटनाका घाइते अर्का एकको पनि निधन, हिंसामा मर्नेको संख्या पुग्यो चार



काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
१० साउन राति गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको मंगलबार बिहान काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले रवीन्द्रको मृत्यु भएको पुष्टि गरे ।
यसअघि सोही घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै दिन मृत्यु भएको थियो भने देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  १२ : ४७ बजे