८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

कृषि विकास बैंक सामाजिक सुरक्षा कोषमा सूचीकृत, करार कर्मचारीले पनि पाउनेछन् सुविधा



काठमाडौं । कृषि विकास बैंक लिमिटेड सामाजिक सुरक्षा कोषमा रोजगारदाता कम्पनीका रूपमा औपचारिक रूपमा सूचीकृत भएको छ। कोषले बैंकलाई सूचीकृत गर्दै प्रमाणपत्रसमेत प्रदान गरेको छ।

सुचिकृत भएसँगै अब बैंकमा कार्यरत तोकिएबमोजिमका करार तथा मासिक पारिश्रमिकमा काम गर्ने कर्मचारीहरू ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–२०७५’ अन्तर्गत उपलब्ध हुने विभिन्न सामाजिक सुरक्षा सुविधाका लागि योग्य हुनेछन्।

उनले यस व्यवस्थाले लामो समयदेखि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन नसकेका कर्मचारीलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै उनीहरूको लामो समयदेखिको माग पनि सम्बोधन भएको उल्लेख गरे।

बैंकका अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ। त्यसैले मापदण्ड पूरा गर्ने कर्मचारीलाई आवश्यक कागजातसहित बैंकमार्फत सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि आवेदन दिन आग्रह गरिएको छ।

यससँगै कृषि विकास बैंकमा करार तथा मासिक पारिश्रमिकमा कार्यरत योग्य कर्मचारीले सामाजिक सुरक्षा योजनाअन्तर्गतका सेवा–सुविधा प्राप्त गर्ने बाटो खुलेको बैंकले जनाएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  ३ : १४ बजे