२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री



काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुर्राष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दै छन् । 

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृंखलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुर्राष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन् । 

छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा बोलाइएको छ । मन्त्रालयमा मध्याह्न १२ बजे उक्त छलफल सुरु हुनेछ । 

छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेस गर्न आग्रह गर्नेछन् ।  अवसर र सामाजिक न्याय तथा सम्मानजनक सहभागिताको कार्यान्वयनमा विशेष योगदान पुर्‍याएको उल्लेख गरे ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १२ : ५७ बजे