२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

कृषि विकास बैंक–ग्रान्डी अस्पतालबीच सम्झौता , स्वास्थ्य र बैंकिङ सेवामा विशेष सुविधा



काठमाडौँ । कृषि विकास बैंक लिमिटेड टोखा र काठमाडौँस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल बीच सेवाआदनप्रदान सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । सोमबार एक कार्यक्रम गरी बैंक र अस्पतालका कर्मचारीबीचमा चिकित्सक तथा परिवारजनलाई स्वास्थ्य तथा बैंकिङ सेवामा विशेष छुट तथा सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौताकाअनुसार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले कृषि विकास बैंकका बहालवाला तथा पूर्व कर्मचारी र तिनका आश्रित परिवारका सदस्यहरूलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्योपचार, विभिन्न परीक्षण (ल्याब, एक्स–रे, भिडियो एक्स–रे आदि), बेड चार्ज, सर्जरी तथा वेलनेस प्याकेजहरूमा विशेष छुट उपलब्ध गराउनेछ । यसका साथै कर्मचारीहरूका लागि टेलि–कन्सल्टेसन, आपतकालीन उद्धार सुविधा (रोड तथा हेलि सर्भिस) तथा स्वास्थ्य सचेतना कार्यक्रमहरूमा समेत प्राथमिकता र सहुलियत प्रदान गरिनेछ । यसबाट बैंकका कर्मचारी तथा पूर्व कर्मचारी र तिनका आश्रित परिवारका सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच प्राप्त गर्नुका साथै कर्मचारी कल्याणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


त्यसैगरी, बैंकले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका डाक्टर, नर्स, प्यारामेडिक्स तथा सम्पूर्ण कर्मचारीहरूका लागि विभिन्न बैंकिङ सेवामा विशेष छुटको व्यवस्था गरेको छ । अस्पतालका कर्मचारीहरूले बैंकका जुनसुकै शाखाबाट डिजिटल बैंकिङ, डेबिटरक्रेडिट कार्ड, लकर सुविधा तथा विभिन्न प्रकारका कर्जा—घर कर्जा, सवारी कर्जा, शिक्षा कर्जालगायतमा लाग्ने सेवा शुल्क तथा प्रिमियम दरमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै, वैदेशिक मुद्रा सटही तथा रेमिट्यान्स सेवामा समेत विशेष सहुलियत उपलब्ध हुनेछ । उक्त सम्झौतापत्रमा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रवन्धक सुशिल हुमागाई र ग्रान्डी अस्पतालका तर्फबाट मुख्य सञ्चालन अधिकृत कर्णेल अमृत खन्नाले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा बैंकका विभागीय प्रमुख वीना शर्मा, बरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल र ब्यवसाय अधिकृत मणिराज ढुंगाना तथा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका सहायक महाप्रबन्धक अर्चना प्रधान, वरिष्ठ अधिकृत मौलिका देउजा, अधिकृत माधव शर्माको समेत उपस्थीति रहेको थियो ।
सम्झौताले दुवै संस्थाबीचको संस्थागत सहकार्यलाई थप मजबुत बनाउँदै कर्मचारी कल्याण, सेवा प्रवाह तथा ग्राहक सुविधालाई प्राथमिकतामा राखेको छ । साथै, स्वास्थ्य र बैंकिङ क्षेत्रका दुई प्रतिष्ठित संस्थाबीचको सहकार्यले सेवा आदानप्रदान, संस्थागत सम्बन्ध विस्तार तथा दीर्घकालीन व्यावसायिक साझेदारीका लागि समेत आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ७ : २८ बजे