२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

कांग्रेस इतरको भेला ‘मिराकल पार्टी भेन्यू’मा, २५ हजार भेला हुने अनुमान



काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले शुक्रबारदेखि आयोजना गरेको राष्ट्रिय भेलाको स्थान टुंगो लागेको छ । साउन २९ देखि ३१ गतेसम्म चल्ने भेला सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा हुने निश्चित भएको हो ।

नेता, कार्यकर्ता उपस्थित हुने संख्याका आधारमा मिराकललाई रोजिएको एक नेताले जानकारी दिए ।

भेलालाई बिहीबार सिंगापुरबाट फर्किने पूर्वसभापति शेरबहादुर देउवाले समेत सम्बोधन गर्नेछन् । भेलाका संयोजक डा। शशांक कोइरालाले भने उपस्थित हुन सबै नेता कार्यकर्तालाई आग्रह र पत्राचार गरिरहेका छन् । भेलामा २५ हजारको उपस्थिति रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  २ : ०२ बजे