काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किदै छन् । उनी दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने कार्यक्रम छ ।
पूर्वप्रधानमन्त्री देउवा गत फागुन दोस्रो साता थप उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनी प्रतिनिधि सभाको निर्वाचन अगाडि विदेश जाँदा आलोचना भएको थियो ।
जेन-जी आन्दोलनका क्रममा गत वर्षको भदौ २४ गते सांघातिक आक्रमणमा परी घाइते भएका थिए । उनी कार्तिकमा सिंगापुर गएका थिए भने एक महिना भन्दा लामो बसाइपछि फर्केका थिए । उनलाई स्वागत गर्न बिमानस्थलमा कार्यकर्ता पुग्ने बताइएको छ ।





