२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

पत्रकार श्रेष्ठलाई सोमबार सर्वोच्चमा उपस्थित गराउन प्रहरीलाई आदेश



काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई अगामी सोमबार (भदौ १) इजलासमा उपस्थित गराउन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एक इजलासमा भएको बहसपछि उक्त आदेश भएको हो । आदेशमा बरामद सामग्रीसहित उपस्थित गराउन भनिएको छ । पत्रकार श्रेष्ठको पक्राउविरुद्ध उनकी पत्नी सरस्वतीले बिहीबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरी थुनामा राखिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ११ : ४९ बजे