२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

गगन थापामा पार्टी हाक्ने हिम्मत छ- सुजाता कोइराला



काठमाडौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कुनै बेला सभापति गगन थापाले पार्टी चलाउनेमा आफु पूर्ण बिस्वास रहेको बताएकी छन् । उनले आफ्ले शुरु शुरुमा गगन थापाले पार्टी चलाउनेमा चिन्ता भए पनि अहिले आफू विश्वस्त रहेको बताएकी छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा कोइरालाले थापाको नेतृत्वमा कांग्रेसले गति लिन थालेको बताइन् ।

गरिन् । “एकता गर्ने हो भने दुवै पक्षले केही न केही ुगिभ इनु गर्नुपर्छ । गगन थापालाई के भन्छु भने( मैले सोचेको थिइनँ, उहाँले यति राम्ररी कांग्रेसलाई हाँकेर ट्रयाकमा लग्नुहुन्छ,” उनले भनिन् ।

थापामा पार्टीलाई अगाडि बढाउने हिम्मत भएको भन्दै अन्य पदाधिकारीहरूले पनि साथ दिएकोमा उनले खुसी व्यक्त गरिन् ।

“एक युवाले कसरी यो पार्टीलाई सम्हाल्न सक्ला भन्ने चिन्ता लाग्थ्यो, तर कांग्रेस छाड्दिनँ भन्ने लागेको थियो,” उनले भनिन्, “अहिले मलाई गगन थापाजीमाथि विश्वास भयो । उहाँले यो पार्टी हाँकेर लग्नुहुन्छ, यो पार्टीलाई अगाडि बढाउन सक्ने ताकत उहाँमा रहेछ ।ू

पदाधिकारीप्रति पनि उनले खुसी व्यक्त गरिन् । ूपदाधिकारीप्रति पनि मलाई खुसी लागेको छ । उहाँहरूले पनि जसरी गगन थापालाई सहयोग गर्नुभएको छ, पार्टीलाई बलियो बनाउने काम गर्नुभएको छ, उहाँहरूको पनि म प्रशंसा गर्न चाहन्छु,” उनले भनिन् ।

वर्तमान समयमा कांग्रेसमा अहिले ठूलो षड्यन्त्र भइरहेको उनको भनाइ छ । त्यसको लागि सतर्क हुन र कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्र चिर्न एकजुट हुन उनले आग्रह गरिन् । एकता महाधिवेशन गरेर पार्टीलाई बलियो बनाएर अगाडि बढ्न नेतृत्वलाई उनको सुझाव छ ।

“म के भन्छु भने( पार्टीको एकता हुनुपर्छ, चुनावहरू आइरहेका छन्, जितेर ल्याउनु छ, संघीय चुनाव छ, स्थानीय चुनाव छ, त्यसमा हाम्रो प्रतिनिधित्व एकदम बलियो हुनुपर्छ,” उनले भनिन् ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  २ : २६ बजे