काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय सम्मेलन आज सम्पन्न हुँदैछ।
काठमाडौंको सुकेधारामा ३० साउनदेखि सुरु भएको सम्मेलनमा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी छन्। सम्मेलनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गरेका थिए। अन्तिम दिनको बन्दसत्रमा देउवा पनि सहभागी भएका छन्।
बन्दसत्रमा विमलेन्द्र निधिले राजनीतिक, डा। प्रकाशशरण महतले आर्थिक–सामाजिक नीति र एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन्। प्रस्तावमाथि आएका सुझाव समेटेर आजै पारित गर्ने र सम्मेलन समापन गर्ने तयारी छ।





