काठमाडौं । कांग्रेस सभापति गगन थापाले देउवा पक्षको भेलामा आफुमाथि भएको निन्दामाथि केन्द्रिय समिति बैठकमा सम्बोधन गर्ने भएका छन । करिब एक सातादेखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज बोल्ने भएका हुन ।
४ बजे सभापति थापाले पार्टी बैठकलाई सम्बोधन गर्ने बताइएको छ ।
हिजो एक कार्यक्रममा बोल्दै देउवा समूहको तीन दिने भेलाबारे सानेपामा पत्रकारलाई बोलाएर एक घण्टा जवाफ दिने बताएका थिए। उनले देउवा समूहको भेलामा आफुलाई जीवनमै नभएको निन्दा गरेको बताएको छन् ।





