२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

सुत्केरी महिलाले अस्पताल पाउँदैनन् भाइरल ज्वरो आएको मन्त्रीलाई हेलिकप्टर -कांग्रेस सेचतक



काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सेचतक बासना थापाले सुत्केरीले समयमा अस्पताल पुग्न नपाए पनि मन्त्रीलाई भने लाखौँ खर्च गरेर हेलिकोप्टरबाट ल्याइएको टिप्पणी गरेकी छन् । आजकोको प्रतिनिधिसभा बैठकमा उनले जनताले राहत नपाएको बताइन् ।
जनताले राहत पाउँदैनन् । सिटामोल पाउँदैनन् । सुत्केरीले समयमा अस्पताल पाउँदैनन्,” उनले भनिन्, “काठमाडौंको मिनिरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर काठमाडौं ल्याइन्छ ।”
उनले मन्त्री काठमाडौं ल्याउन ३०–३५ लाख खर्च गर्ने सरकारले तीन लाख खर्च गरेर जनतालाई राहत दिन नसकेको आरोप लगाइन् ।
“कान खोलेर सुन्नुस् । मन्त्रीको जीवन जति मूल्यवान, कर्णालीका नागरिकको जीवन त्यति नै मूल्यवान छ,” उनले भनिन् ।
आइतबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई भाइरल ज्वरो आउँदा हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  १२ : १२ बजे