३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

कांग्रेस विवाद : देउवा समुह महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालत जाने



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरिएको भन्दै इतर समूह अदालत जाने तयारीमा जुटेको हो ।

इतर समूहको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालतमा निवेदन दिने तयारी भइरहेको जानकारी दिए । कांग्रेसले भदौ २४ गतेबाट अधिबेशन हुने गरी तालिका प्रकाशन गरेको छ । मंगलबार सम्पन्न केन्द्रीय समितिको बैठकले महाधिबेशन अघि बढाउने गरी तालिका प्रकाशन गरेको हो ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  १ : ३१ बजे