काठमाडौं । साताको अन्तिम कारोबारमा सेयर बजार नकारात्मक रहँदै बन्द भएको छ । शुक्रबारको कारोबारमा बजार १०.६७ अंक घटेर २६१८.७२ विन्दुमा झरेको हो ।
यसदिन ७० कम्पनीको सेयर मूल्य बढेको छ । १९८ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रह्यो । चार अर्ब १६ करोड ७६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड २२ हजार कित्ता सेयर ५९ हजार ८०५ पटकमा किनबेच भएको छ ।
सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । पन्चकन्या माई हाइड्रो, राप्ती हाइड्रो, हाथवे इन्भेष्टमेन्ट लगायतका कम्पनीका लगानीकर्ताले उच्च कमाएका छन् ।





