७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

मुस्ताङबाट काठमाडौं प्रस्थान गरे प्रधानमन्त्री बालेन



मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) केहीबेरअघि मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री बालेन परिवारका सदस्यसहित शनिबार मुस्ताङ आएका थिए ।

शनिबार अपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट संघीय राजधानीतर्फ प्रस्थान गरेका हुन् । रासस

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  ११ : २९ बजे