९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

पश्चिम क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी



बाँके । नेपालगञ्ज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटकीय प्रवेशद्वाराका रूपमा विकास गरिने संकल्प गरिएको छ ।

पश्चिम नेपालको पर्यटन प्रवर्द्धनका लागि सातबुँदे घोषणापत्र जारी गर्दै नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०को बाँके च्याप्टरले यस्तो संकल्प गरेको हो ।

नेपालगञ्ज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटकीय प्रवेशद्वारका रूपमा विकास गर्न सम्बन्धित सरकारी निकाय, विमान सेवा प्रदायक तथा निजी क्षेत्रसँग निरन्तर समन्वय गरिने घोषणापत्रमा उल्लेख छ ।

बाँके तथा आसपासका धार्मिक गन्तव्यलाई एकआपसमा जोडेर धार्मिक पर्यटन सर्किट विकास गरिने घोषणपत्रमा भनिएको छ

बागेश्वर,बाबा(बर्फानी, सन्तानेश्वर(गोवर्द्धनधाम, भुवर, भवानीलगायत गन्तव्यलाई एउटै पर्यटन योजनामा आबद्ध गर्दै कैलाश मानसरोवर, लुम्बिनी, रारा तथा अन्य प्रमुख धार्मिक तथा आध्यात्मिक गन्तव्यसँग नेपालगञ्जलाई जोड्ने बताइएको छ ।

भारतीय पर्यटकलाई लक्षित गर्दै रुपैडिहा नाकासम्म सहज आवागमन, पर्यटकमैत्री सीमा व्यवस्थापन, ‘ग्रीनलाइन तथा स्मार्ट बोर्डर’ अवधारणाका लागि सम्बन्धित निकायसँग सहकार्यमा जोड दिइएको नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले बताए ।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  ९ : २१ बजे