काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनका लागि सर्वदलीय संयन्त्र परिचालन गर्न प्रस्ताव गरेका छन् ।
सदनमा रहेका र नरहेका सबै मिलोर संयुक्त रूपमा काम गर्न दलीय संयन्त्र बनाएर विपद्मा परेका नागरिकलाई सघाउन उनले प्रस्ताव गरेका हुन् ।
उनले पार्टीगत रूपमा पनि नगद सहयोगको घोषणा गर्ने र स्वयंसेवक परिचालित गर्ने बताए । उनले विगतका विपद्मा गरिएको प्रयासका अनुभव प्रयोग गर्दै संयुक्त संयन्त्र परिचालन गर्दा राम्रो हुने उनको प्रस्ताव छ । त्यस्तै उनले विपद्को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने भएकाले सबैले मिलेर काम गर्नुपर्ने बताएका छन् ।
उनले भने सभापति थापाले भने, ‘सरकारबाट भएको स्रोत र साधनबाट मात्रै यत्रो विपत्तिमा काम गर्न सम्भव हुँदैन । राज्यले सबै संयन्त्र परिचालित गरिरहेको छु भनिरहँदा सँगसँगै के पनि ख्याल गर्नु पर्दछ भन्दा नियमित समयमा सरकारसँग भइरहेका साधनहरू भन्दा बाहेक सबै राज्यकै हो । सरकारले परिचालित गर्दा हामी तयार छौं ।’





