१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

संसदमा प्रधानमन्त्रीले भने-राहत कोषमा करिब आठ अर्ब रुपियाँ उठ्यो



काठमाडौँ । रसुवाको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउनेक्रम बढ्दै गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार राहत कोषमा बुधबारसम्म सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपियाँ जम्मा भएको छ । जसमध्ये हिजो मात्रै उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक अर्ब निकासा गरिएको थियो। त्यसमध्येबाट छ करोड ७५ लाख रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ वटा पालिकामा निकास भइसकेको छ।

उक्त कोषमा हाल छ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ भने थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  २ : ४३ बजे