२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

सुनको भाउ आज तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो



काठमाण्डौ । सुन चादीको मूल्यमा लगातार बृद्धि भएको छ ।
सुनको भाउ आज तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो । आज भाउ बढेर सुन तोलाको ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै कारोबार हुने हप्ताको पहिलो दिन आइतबार पनि सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँले घटेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १०० रुपैयाँले बढेर तोलाको ४ हजार ७९० रुपैयाँमा कारोबार भैरहेको छ ।

यसअघि हिजो चाँदी तोलामा ७५ रुपैयाँले घटेर तोलाको ४ हजार ६९० रुपैयाँमा करोबार भएको थियो । आइतबार चाँदी तोलामा ४० रुपैयाँले घटेको थियो ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ११ : २८ बजे