२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

सुनको मूल्य तोलामा तीन हजार रुपैयाँ घट्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बुधबार (भदौ २४) सुनको मूल्य तोलामा तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य तोलामा तीन लाख पाँच हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको छ ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  २ : २७ बजे