३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

सुनको मूल्य फेरी बढ्यो, आज तोलाको कति ?



काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य बुधबार तोलामा एक हजार ७०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै सुनको मूल्य तोलामा तीन लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य तोलामा तीन लाख १०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  १२ : ४४ बजे