२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

सुनको मूल्य बढ्यो , आज तोलाको कति ?



काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार (असोज २) सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला तीन लाख तीन हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १२ : ४३ बजे