३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

माथिल्लो त्रिशूली १ को सुरुङभित्र जालीमा अल्झिएका र हिलोमा दबेका ११ जनाको शव निकालियो 



काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र थप ११ जनाको शव भेटिएको छ।

माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने क्रममा थप ११ शव फेला परेका हुन्।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शव बाहिर निकालिएको आयोजनाले जानकारी दिएको छ।
यसअघि शुक्रबार दिउँसो १३ वटा र साँझ ५ वटा शव भेटिएका थिए । खोजी अझै जारी रहेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ६ : ५३ बजे