१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु



बागलुङ। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उहाँका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो । केहीबेर अघि तीन जनाको शव निकालिएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ११ : १२ बजे