१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

नवलपुर–१ मा महाधिवेशन प्रतिनिधिका लागि विज्ञ समूहबाट डा. भूमिराज चापागाईंको उम्मेदवारी



नवलपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपुर क्षेत्र नं १ बाट पेशागत तथा विषय विज्ञ समूहअन्तर्गत महाधिवेशन प्रतिनिधि पदमा डा.भूमिराज चापागाईंले उम्मेदवारी दिएका छन्। भोलि असोज १३ गते हुने अधिवेशनमा क्षेत्रीय प्रतिनिधिहरूबाट महाधिवेशन प्रतिनिधि चयन हुँदैछ।
पार्टीलाई विभिन्न समयमा बौद्धिक तथा वैचारिक सहयोग गर्दै आएका चापागाईं हाल नेपाली कांग्रेस केन्द्रीय निर्वाचन व्यूरोका सदस्यका रूपमा क्रियाशील छन्। पार्टीका विभिन्न तहमा भएका निर्वाचनमा प्रचार–प्रसार समितिमा रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका उनी पार्टीका सांगठनिक तथा निर्वाचनसम्बन्धी गतिविधिमा समेत निरन्तर जोडिँदै आएका छन्।
चापागाईंले नेपाल प्रेस युनियनको केन्द्रीय समितिमा रहेर समेत योगदान गरेका छन्। पत्रकारिता विषयमा विद्यावारिधि गरेका उनी अध्ययन, अध्यापन, अनुसन्धान तथा सामाजिक विकासका क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। पत्रकारिता, अनुसन्धान र सामाजिक विकासका क्षेत्रमा साढे दुई दशकभन्दा लामो अनुभव रहेको उनको भनाइ छ।

महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई निर्वाचित गराउन क्षेत्रीय प्रतिनिधिहरूसँग मत माग्दै चापागाईंले पार्टीका नीति, विचार र संगठनलाई थप बौद्धिक तथा विषयगत आधारमा सबल बनाउन आफ्नो अनुभव उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सामाजिक संजालमार्फत समेत मत माग्दै

उनले भनेका छन्, “अध्ययन, अध्यापन, अनुसन्धान र अनुभव सबै दृष्टिकोणबाट सक्षम, सबल र उपयुक्त उम्मेदवारलाई रोजौँ।”

चापागाईंले १५औँ महाधिवेशनका लागि निर्वाचित सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई बधाई दिँदै आफ्नो उम्मेदवारीमा अमूल्य मत र समर्थनका लागि क्षेत्रीय प्रतिनिधि, शुभेच्छुक तथा शुभचिन्तकहरूसँग आग्रह गरेका छन्।

भोली हुने निर्वाचनमा नवलपुर क्षेत्र नं १ का क्षेत्रीय प्रतिनिधिहरूको मतबाट पेशागत तथा विषयविज्ञ समूहअन्तर्गत महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले चापागाईंको उम्मेदवारीलाई विशेष चासोका साथ हेरिएको छ।

कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिबेशन मंगलबारसम्म सम्पन्न गर्न पार्टीले निर्देशन दिएको छ । केन्द्रिय अधिबेशन असोज १६ गतेदेखी १९ सम्म खुलामन्चमा हुने कार्यतालिका हुनेछ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  २ : ५२ बजे