१६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026

काङ्ग्रेस महाधिवेशनमा कन्टेन्ट कम्पिटिसनु, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार



नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनको अवसर पारेर नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सामाजिक सञ्जाल लक्षित सिर्जनात्मक भिडियो प्रतियोगिता ‘महाधिवेशन कन्टेन्ट कम्पिटिसन’ आयोजना गरेको छ।
पार्टीको गौरवमय इतिहास, जारी महाधिवेशन र समसामयिक राजनीतिक विषयवस्तुलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने १५ जना स्रष्टालाई कुल २ लाख २० हजार रुपैयाँ बराबरको नगद पुरस्कार प्रदान गरिने भएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक जो(कोहीले काङ्ग्रेसको इतिहास, महाधिवेशन तथा समसामयिक सन्दर्भ समेटेर मौलिक तथा सिर्जनात्मक भिडियो निर्माण गरी फेसबुक, टिकटक र इन्स्टाग्राम लगायतका डिजिटल प्लेटफर्महरूमा पोस्ट गर्नुपर्नेछ।

नेविसंघका अनुसार प्रतिस्पर्धाबाट १५ जना विजेता छनोट गरिनेछ । जसमा प्रथम पुरस्कारस् रु। ५० हजार रुपैया, दोस्रो पुरस्कार ३० हजार रुपैया, तेस्रो पुरस्कार २० हजार र उत्कृष्ट १२ जनालाई १० हजार रुपैया सान्त्वना पुरस्कार दिइने भएको छ ।

सहभागीहरूले एकल, समूह वा परिवारसँग मिलेर नृत्य, लिप्सिङ्क, अभिनय, कथावाचन ९क्तयचथतभििष्लन० वा अन्य कुनै पनि रचनात्मक शैलीमा भिडियो बनाउन सक्नेछन्। विजेताको मूल्यांकन भिडियोको विषयवस्तुको गुणस्तर, सिर्जनशीलता, प्रस्तुति शैली तथा सामाजिक सञ्जालमा प्राप्त ीष्पभ, ऋयmmभलत, क्जबचभका आधारमा गरिने नेविसंघले जनाएको छ। कृत्रिम रूपमा बुस्ट गरिएका भिडियोहरूलाई भने प्रतिस्पर्धामा समावेश नगरिने नेविसंघकी अध्यक्ष करुणा कटुवालले स्पष्ट पारेकी छन् ।

प्रतियोगितामा भाग लिन टिकटक, फेसबुक वा इन्स्टाग्राम रिल्स पोस्ट गर्दा नेपाली काङ्ग्रेस पार्टीको आधिकारिक सामाजिक सञ्जाल खाता अनिवार्य रूपमा ुफलोु र ुमेन्सनु गरी तोकिएका ह्यासट्यागहरू प्रयोग गर्नुपर्ने सर्त राखिएको छ। महाधिवेशनलाई डिजिटल पुस्ता र युवाहरूसँग जोड्दै उत्साहजनक बनाउन यो रचनात्मक प्रतियोगिता उपयोगी हुने विश्वास लिएको अध्यक्ष कटुवालको भनाइ छ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ११ : ३६ बजे