२ मंसिर २०८३, मंगलबार | Wed Nov 18 2026

सुनको मुल्य घट्यो, आज तोलाको कति ?



काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । मंगलबार (मंसिर १) सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, यस दिन सुन प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८३, मंगलबार  ११ : २६ बजे