२ मंसिर २०८३, मंगलबार | Wed Nov 18 2026

सुशासन कायम गरेरै राजस्वको महत्त्वाकांक्षी लक्ष्य पूरा गर्छौं : अर्थमन्त्री वाग्ले



काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले देशमा सुशासन कायम गराएरै सरकारले राखेको राजस्व संकलन गर्ने लक्ष्य पूरा गराइछोड्ने बताएका छन् । सरकारले यस वर्ष १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

गत वर्षको तुलनामा करिब २७ प्रतिशतले बढी राजस्व उठाउने लक्ष्य महत्त्वाकांक्षी भए पनि सुशासन कायम गराएरै हासिल गरिने उल्लेख गरे ।

राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै अर्थमन्त्री वाग्लेले गत वर्ष एक हजार २५० अर्ब रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए । करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा १२ खर्ब रुपैयाँ हाराहारी मात्र राजस्व संकलन भइरहेको उल्लेख गर्दै उनले यस वर्ष राजस्व वृद्धिको लक्ष्य बढाइएको बताए ।

“कोभिड महामारीपछि नेपालमा राजस्व संकलनको औसत वृद्धिदर सातदेखि नौ प्रतिशतमा सीमित छ,” अर्थमन्त्री वाग्लेले भने, “उक्त वृद्धिदरले मात्र अपेक्षित लक्ष्य हासिल गर्न नसकिने भन्दै यसपटक २७ प्रतिशतको वृद्धि लक्ष्य निर्धारण गरेका हौँ ।”

अर्थमन्त्री वाग्लेले कर नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता कायम गर्नुपर्नेमा पनि जोड दिए । करजस्ता महत्त्वपूर्ण विषयमा पटक–पटक र हरेक हप्ता नीतिगत परिवर्तन गरिरहन नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, मंगलबार  १२ : ५६ बजे