हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैँसेमा टाटासुमो दुर्घटना हुँदा दुई महिलासहित तीनजनाको मृत्यु भएको छ । सातजना घाइते छन् ।
बिहीबार ९मंसिर ३० बिहान करिब ८ः३० बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज २१४३ नम्बरको यात्रुवाहक सुमो अनियन्त्रित भएर सडकबाट झन्डै १० मिटर तल भैँसे खोलामा खसेको प्रहरीले जनाएको छ ।
उक्त सुमोमा चालकसहित १० जना सवार थिए । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका निम्ति हेटौँडा अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा चिकित्सकले दुई महिला र एक पुरुष गरी तीनजनालाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अरू सातजनाको उपचार सोही अस्पतालमा उपचार छ ।





