काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५३ हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मङ्गलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ५२ हजार चार सय रुपियाँमा कारोबार भएको थियो ।
बुधबार एक हजार रुपियाँले बढेर तोलामा एक लाख ५३ हजार चार सय रुपियाँ कायम भएको हो ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मङ्गलबार तोलामा एक हजार ७६५ रुपियाँ कायम भएकोमा बुधबार बढेर एक हजार ७८० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।