११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

राजेन्द्र महतोले गरे राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक पार्टीको घोषणा



काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् ।

मङ्गलवार काठमाडौँमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका हुन् । कार्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने पनि बताए ।

उनले पार्टीको नाम भने राष्ट्रिय मुक्ति क्रान्ति नेपाल रहने बताए । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णय समेत गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिब ८ महिनापछि महतोले नयाँ पार्टी घोषणा गरे ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ५ : १३ बजे