९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता खेलाडी स्वदेश फिर्ता, भब्य स्वागत



काठमाडौँ । सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्किएका छन् ।

चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले स्वागत गरे ।

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएन ।

नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गर्नुभएकी एरिका पहिलोपटक १९औँ एसियाडमा छनोट भएकी थिइन् । उक्त प्रतियोगितामा पनि उनले रजत पदक हात पारिन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १ : ५८ बजे