१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

रास्वपाले बोलायो केन्द्रीय समिति, यस्ता छन् एजेण्डा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बोलाइएको छ ।आइतबार पार्टी केन्द्रीय कार्यालयमा बस्ने कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकका लागि ६ वटा एजेन्डा तय भएको छ ।

समसामयिक राजनीतिक गतिविधि, चीन भ्रमण, पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा गर्ने एजेन्डा छ । त्यस्तै स्थानीय तह उपनिर्वाचन, महाधिवेशन केन्द्रित गतिविधि र विविध विषयमा छलफल हुनेछ ।
आज दिउँसो २ः३० का लागि तय भएको पत्रकार सम्मेलन पनि आइतबार सोही समयमा गरिने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : ३६ बजे