८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सुनको मुल्यले दैनिक नँया रेकर्ड राख्दै !



काठमाडौं । पछिल्ला दिनमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । आज तोलामा पाँच सय रुपयाँले बढेको सुनको मुल्यले नँया रेकर्ड राखेको हो । सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आइतबार एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक लाख ५९ हजार २०० मा, मंगलबार एक लाख ५९ हजार ७०० र बुधबार एक लाख ६० हजार ४०० रुपैयाँमा सुन कारोबार भएको थियो । यो हप्ताभरी नै नयाँ–नयाँ रेकर्ड बनाएर सुनको मूल्य उकालो लागेको हो ।

तीन दिनदेखि चाँदीको मूल्य भने स्थिर छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : ४५ बजे