काठमाडौं ।देशभर डेंगी संक्रमितको संख्या १५ हजारनजिक पुगेको छ । जनवरीदेखि सेप्टेम्बर अन्तिमसम्म १४ हजार ९७५ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
यो अवधिमा डेंगीबाट सातजनाको मृृत्यु भएको छ । सेप्टेम्बरका ३० दिनमा मात्र आठ हजार ८९ संक्रमित थपिएका जनाएको छ ।
काठमाडौं पनि डेंगीको ‘हटस्पट’ बनेको छ । काठमाडौंमा सेप्टेम्बरमा मात्र एक हजार ४३७ जना संक्रमित भएका छन् ।
हालसम्म सबैभन्दा धेरै कास्कीमा दुई हजार ३२१ जना संक्रमित भएका छन् । काठमाडौंमा एक हजार ९८६ जना संक्रमित भएका छन् । भक्तपुरमा २२३ र ललितपुरमा ४८९ जना संक्रमित भएका छन् ।
संक्रमित धेरै हुनेमा तनहुँ ९एक हजार ७२६०, पर्वत ९एक हजार २८३०, चितवन ९८२९० पनि छन् । यीबाहेक अरू जिल्लामा ५०० भन्दा कम संक्रमित भएका छन् ।
यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।