८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सुनको मूल्य बढ्यो, तोलाको १ लाख ६१ हजार नजिक



काठमाडौं । बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँ बढेर एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  १२ : ३८ बजे